News फोटो

देशको दृष्य

देशको दृष्य

१३ फोटोमा देशको दृष्य। फोटोः रासस

भलिबलको प्रथम उपाधिका लागि प्रतिस्पर्धा– १२औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताअन्तर्गत दिक्तेलमा भएको भलिबल प्रतियोगितामा प्रथम उपाधिका लागि प्रतिस्पर्धा गर्दै ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका खेलाडी । राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र नौँ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएको छ ।

 

भिटामिन ‘ए’ खुवाउँदै महिला स्वास्थ्य स्वयम्सेविका– नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सोमबार पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका महिला स्वास्थ्य स्वयम्सेविका ।

 

सेतो मछिन्द्रानाथको रथ– काठमाडौँको दरबारमार्ग क्षेत्रमा सोमबार सेतो मछिन्द्रानाथको रथ बनाउँदै कामदार ।

 

कृषकलाई हाते ट्याक्टर– रामपुर नगरपालिकाले वितरण गरेको हाते ट्याक्टर लिएर घरतर्फ जाँदै कृषक । नगरपालिकाले कृषि क्षेत्रमा प्राथमिकता दिँदै कृषकको मागको आधारमा हाते ट्«याक्टर अनुदानमा वितरण गरिरहेको छ ।

 

अन्नपूर्ण आरोहण टोलीलाई पुरस्कृत गर्दै– आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो पटक नेपाली महिलाको पाइला पारेका पूर्णिमा श्रेष्ठको टोलीलाई सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा नगद रु चार लाख पुरस्कार प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनलगायत । २०७८ वैशाख ३ गते अन्नपूर्णको चुचुरोमा पुगेका श्रेष्ठसहित छ जनाले अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली टोलीको कीर्तिमान बनाएका छन् ।

 

आगलागीबाट जलेको घर– तनहुँको आँबुखैरेनी गाउँपालिका–६ निवासी सन्त भुजेलको आगलागीबाट क्षति भएको घर । आगलागीबाट घर जलेपछि उहाँको परिवार यतिबेला टहरोमा बस्दै आएको छ ।

 

आलु खन्दै किसान– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरी खोला किनारास्थित खेतमा आलु खन्दै किसान ।

 

निर्माणाधीन बायोग्यास प्लान्ट अवलोकन– दाङको घोराही उपमहानगरपालिका–१६ मा रु २० करोडको लागतमा  निर्माणाधीन बायोग्यास प्लान्टको सोमबार अवलोकन गर्दै उपप्रमुख सीता सिग्देल । 

 

दूध लिएर सङ्कलन केन्द्रतर्फ जाँदै– रामपुर नगरपालिका–५ स्थित सानीअमराईमा रहेको सङ्कलन केन्द्रमा दूध बिक्री गर्न लिएर जाँदै महिला । आयआर्जनका लागि महिलाले हिजोआज घरघरमा गाईंभैसी पालेर आयआर्जन गर्न थालेका छन् ।

 

चैते धान खेती– पाल्पाकै एकमात्र चैते धानको पकेट क्षेत्र रामपुर नगरपालिका– ४ स्थित तल्लो वडमान खेतमा लगाइएको चैते धान खेती । पकेट क्षेत्रअन्र्तगत ३०३ रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको छ । 

 

ढकमक्क लालीगुराँस– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस । कुइनेमङ्गलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जङ्गल थरिथरिका गुराँसका फूलले सजिएका छन् ।

 

मकै छर्दै किसान– बारीमा मकै लगाउँदै बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका किसान ।

 

संरक्षण अभावमा कवाडी बनेको डोजर– सामूहिक लगानीमा खरिद गरेर खोटाङ र ओखलढुङ्गाको सिमानास्थित दूधकोशी किनारमा अलपत्र अवस्थामा छाडिएको डोजर । छिमेकी जिल्ला उदयपुरको कटारी–घुर्मी हुँदै ओखलढुङ्गाको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माण गर्न खोटाङको तत्कालीन ७६ गाविसको संयुक्त लगानीमा विसं २०५५ मा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो ।

देशको दृष्य

विशेष