काग्रेस,एमाले माओवादीको छुटटा छुटटै बैठक आज बस्दै

काग्रेस,एमाले माओवादीको छुटटा छुटटै बैठक आज बस्दै


काठमाडौ
सत्ता समिरकण र भावि योजना बनाउने उदेश्यका साथ तिन राजनितिक पार्टीले छुटटा छुटटै आफनो केन्द्रिय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासंग हिमचिम बढाउन थालेपछि तिन राजनितिक दलले भावि योजना बनाउने उदेश्यका साथ बैठकको आयोजना गर्न लागेको छ । पार्टीको आगामी महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक हिजो बस्ने भनिए पनि बैठकका एजेण्डाका बारेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति नभएपछि आजका लागि सारिएको हो । दिउँसो ४ बजेका लागि आजको बैठक तय गरिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरि वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता, आगामी सरकार निर्माणलगायतका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले  बताए । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने बताइएको छ । 
यता नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकबाट कर्णालीमा केही दिनअघि ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने सांसदमाथि कारबाहीको निर्णय बारेमा छलफल हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । आजको बैठकमा खनाल–नेपाल समूहका नेता भने सहभागी नहुने भएका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । खनाल–नेपाल समूहले अलग पार्टीका रूपमा अभ्यास गरिरहेको उल्लेख गर्दै भट्टराईले पार्टी आफ्नो बाटोमा अघि बढ्ने जानकारी दिनुभयो । खनाल–नेपाल समूहका माग र गतिविधिलाई पर्खेर नबस्ने योजनामा अध्यक्ष ओली रहेको बुझिएको छ । ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन हिजो खनाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको तर्क गर्दै खनाल–नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गर्दै आएको छ । 
 

काँग्रेस माओवादी

संम्बधित खबर

विशेष