सरकारसंग समर्थन फिर्ता लिदै माओवादी

काठमाडौं
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । उत्पन्न राजनितिक परिस्थितिको विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले बताए । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने बताइएको छ ।