कोरोना संक्रमण बढन थालेपछि सरकारले सहरी क्षेत्रको विद्यालय गरियो बन्द

कोरोना संक्रमण बढन थालेपछि सरकारले सहरी क्षेत्रको विद्यालय गरियो बन्द


काठमाडौं 
कोरोना संक्रमण दिनप्रतिदिन बढन थालेपछि सरकारले सहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बालबालिकालाई समेत हुने गरिएको र १८ वर्ष मुनिका बालबालिकाहरुलाई खोप दिन समेत नसकिने भएपछि सरकारलाई संक्रमण रोक्न विद्यालय बन्द गरेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ। बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो । 
तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।
 

कोरोना संक्रमण कास्की

संम्बधित खबर

विशेष