News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेससहित तीन वटा पार्टीका सांसदहरुले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

एक सांसदका अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वास दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा हाल लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कूलप्रसाद केसीलाई अगाडि सारिएको छ। 

जसपाकी एक जना सांसदका कारण विगत एक हप्तादेखि अविश्वासको प्रस्ताव दर्ता हुन पाएको थिएन। सांसद कल्पना पाण्डेको स्विकृति पाए लगत्तै अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

लुम्विनी प्रदेशका जसपाका ६ सांसद छन् । ५ मध्ये पाण्डे मात्र तत्कालिन राजपा पक्षकी हुन् भने अन्य ५ जना समाजवादी पार्टी पक्षका हुन । 
 

शंकर पोखरेल अविश्वासको प्रस्ताव दर्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्री

विशेष