News विदेश स्वास्थ्य

केजरीवालको घोषणाः दिल्लीमा एक साताका लागि लकडाउनमा कडाई

केजरीवालको घोषणाः दिल्लीमा एक साताका लागि लकडाउनमा कडाई

भारतको राजधानी नयाँदिल्लीमा सोमवार रातिदखि कडा लकडाउन सुरु गरिएको छ । कोरोना भाइरस संक्रमितको संख्या तीब्ररूपमा बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले १ साताका लागि लकडाउन कडा गर्ने घोषणा गरेका हुन्।

लकडाउनका क्रममा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउनका क्रममा निजी संस्थालाई घरबाटै काम गर्न निर्देश गरिएको छ भने सरकारी कार्यालयमा आधा कर्मचारी मात्रै आउन पाउने भएका छन् ।

अत्यावश्यक सेवाहरू अस्पताल, रेल, एयरपोर्ट, बस स्टेसन लगायत क्षेत्रमा जानेलाई भने लकडाउनमा छुट मिल्ने जनाइएको छ । 

विशेष