News राजनीति

मुख्यमन्त्री पौडेलले बोलाएको सर्वदलीय बैठक कांग्रेस, माओवादी र विवेकशीलद्वारा बहिस्कार

मुख्यमन्त्री पौडेलले बोलाएको सर्वदलीय बैठक कांग्रेस, माओवादी र विवेकशीलद्वारा बहिस्कार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले बहिस्कार गरेका छन् ।

ललिपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा सोमवार बसेको सर्वदलीय बैठकमा सहभागिता नजनाएको जनाईएको छ ।

सर्वदलीय बैठकमा राप्रपा, नेपाल मजदुर किसान पार्टी र एमाले पार्टीको मात्र सहभागिता थियो थियो।

माओवादीले ऐजेन्डा थाहा नभएको र ढिलो सूचना पाएको भन्दै बैठक बहिष्कार गरेको हो । माओवादी केन्द्र बैठकमा सहभागी नहुने भएपछि आफूहरु पनि सहभागी नभएको कांग्रेस सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए ।

विवेकशील साझा दलले आधिकारिक रुपमा मुख्यमन्त्रीबाट खबर नआएको र ऐजेन्डाबारे जानकारी नै नगराएका कारण बैठकमा सहभागी नभएको जनाएको छ ।

बैठकमा सदनको अवरोध खुलाउने, कोभिड–१९, नियन्त्रण तथा आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । 
 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठक कांग्रेस, माओवादी र विवेकशीलले बहिस्कार

विशेष