News

एमसीसीको विरोधमा २२ राजनीतिक दलको प्रदर्शन

एमसीसीको विरोधमा २२ राजनीतिक दलको प्रदर्शन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा विभिन्न २२ राजनीतिक दलले सोमवार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

यसैगरी, सहभागिहरुले ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्पलेट पनि बोकेका थिए । 

विशेष