News

कर्णालीमा फ्लोर क्रसः नेता नेपालले अक्षम्य अपराध गरेको ओलीको टिप्पणी

कर्णालीमा फ्लोर क्रसः नेता नेपालले अक्षम्य अपराध गरेको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा माधव कुमार नेपालले अक्षम्य अपराध गरेको वताएका छन् ।

वालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले कर्णालीमा फ्लोर क्रस गराएर नेता नेपालले बेइमानी गरेको आरोप पनि लगाए ।

गत शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाल समूहका प्रकाश ज्वालासहित चार सांसदले फ्लोर क्रस गर्दै माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरिसकेको छ भने उनीहरु मध्ये ३ जनाले आईतवारै मन्त्रीको सपथ पनि लिएका छन् । 
 

प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेश माधव कुमार नेपाल अक्षम्य अपराध फ्लोर क्रस

विशेष