News अपराध सुरक्षा

शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा ७ चिकित्सक पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा ७ चिकित्सक पक्राउ

प्रहरीले विभिन्न जिल्लावाट ७ जना चिकित्सकलाई पक्राउ गरेको छ । शैक्षिक योग्यताको प्रमाण पत्र किर्ते गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले) काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले केही दिनअघि नै उनीहरुलाई पक्राउ गर्नका लागि अभियान चलाएको थियो । पक्राउ परेकाहरुलाई सोमवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमध्ये केही चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी समेत छन् । 

विशेष