News

लुम्विनीः अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेकैलाई मन्त्री वनाएर सरकार जोगाउने तयारी

लुम्विनीः अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेकैलाई मन्त्री वनाएर सरकार जोगाउने तयारी

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध सोमवार अविश्वासको प्रश्ताव दर्ता भएपछि लुम्बिनी प्रदेशमा सांसदहरुको तानातान सुरु भएको छ ।

तानातानकै क्रममा मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई नै मन्त्री बनाउने तयारी गरेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले थप्न लागेका नयाँ मन्त्रीको सपथ ४ बजे हुने बताइएको छ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्न लागेको श्रोतको जनाएको छ। यीमध्ये कल्पना पाण्डे वाहेक सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

अविश्वासको प्रश्तावमा हस्ताक्षर गर्ने चारै जना सांसदहरू तत्कालीन राष्ट्रिय जनता पार्टीका रहेको जनाईएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ता गराएसँगै माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। माओवादी केन्द्रका दुई मन्त्रीहरूले राजीनामा दिए।

राजीनामापछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन्।

विशेष