News स्वास्थ्य

पाँच वटा अस्पताल घुमाएपनि उपचार नपाएर कोरोना संक्रमितको मृत्यु

पाँच वटा अस्पताल घुमाएपनि उपचार नपाएर कोरोना संक्रमितको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको सोमबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै उपचार नपाएर उनको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो। एण्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न नमानेको आफन्तले जनाएको छन् ।

गोल्डेन अस्पतालले भर्ना गर्न नमानेपछि विराट मेडिकल कलेज र त्यसपछि कोशी अस्पताल पुर्याउँदा पनि समयमा उपचार नपाउँदा महिलाको मृत्यु भएको एम्बुलेन्स चालकल वताए ।

कोशी अस्पतालमा एण्टीजेन पोजेटिभ केस भन्दै आइसोलेसनमा राखेको र पीसीआर नगरी उपचार नगर्ने जनाएपछि म्याक्स अस्पतालमा सम्पर्क गर्दा विरामी नल्याउन भनेपछि नोबेल मेडिकल कलेज पु¥याएको उनको भनाई छ ।

नोबेल मेडिकल कलेजले पनि आईसीयू छैन भन्दै विरामीलाई फर्काएको आफन्तको गुनासो छ।

कोशी अस्पताललेभने आइसोलेसनमा राखेर उपचार शुरु गर्दा गर्दै महिलाको मृत्यु भएको जनाएको छ। अस्पतालमा ल्याउँदा विरामीमा अक्सिजन लेभल कम देखिएको र अक्सिजन दिएर उपचार शुरु गर्दैगर्दा उनको मृत्यु भएको एक चिकित्सकले जनाए ।

विशेष