News

राम–सीताको मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ

राम–सीताको मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम–सीताको मूर्ति आज रथयात्रासहित त्यसतर्फ लगिँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका हुन्। त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो । 

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए। अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेकसहित प्रतिस्थापन गरिने जनाइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अतिथि सहभागी हुनेछन्। 
(रासस)

विशेष