News स्वास्थ्य

स्वास्थ्य मन्त्री भन्छन्– महामारीको यो लहरलाई हलुका ढंगले नलिउँ

स्वास्थ्य मन्त्री भन्छन्– महामारीको यो लहरलाई हलुका ढंगले नलिउँ

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको अवस्था गम्भीर हुनेतर्फ संकेत गर्दै हेलचेक्र्याई नगर्न आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले संक्रमण बढ्दो क्रममा रहेको भन्दै हल्का ढंगले नलिन आग्रह गरे।

सार्क मुलुकमा पनि कोरोना महामारीको जोखिम बढ्दै गइरहेको बताउँदै त्रिपाठीले नागरिकको जीवन रक्षाका निम्ति सरकारले मुलुकमा उपलब्ध सबै स्रोत साधनको प्रयोग गरिरहेको बताए । 

उनले महामारीको यो लहरलाई हलुका ढंगले नलिन आग्रह गर्दै ‘हामी भरसक नेपाललाई बन्दाबन्दीको अवस्थामा पुर्याउँदैनौं, तर हामीले हेलचेक्र्याइँ गरे कठोर कदम उठाउन बाध्य हुनेछौं, जुन सरकारको इच्छा होइन’ भन्दै चेतावनी दिए ।

संक्रमणको दर बढ्दै गएकाले स्थिति गम्भीर हुनेतर्फ अगाडि बढेको भन्दै मन्त्री त्रिपाठीले महामारीलाई परास्त गर्नका लागि सहयोग गर्न आग्रह गरे। 

विशेष