News स्वास्थ्य

पिसिआर नै नगरी दुई घण्टामै रिपोर्ट,  ल्यावमा छापा

पिसिआर नै नगरी दुई घण्टामै रिपोर्ट,  ल्यावमा छापा

परीक्षण नै नगरी पिसिआर नेगेटिभ रिपोर्ट बनाएको आरोपमा राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंह पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले ल्याबमा छापा मारेर सिंहलाई पक्राउ गरेको हो । ल्याववाट प्रहरीले नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ ।

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुरिया हेल्थ केयरबाट गरेका सबै पीसीआर रिपोर्टबारे पनि अनुसन्धान थालिएको प्रहरीको भनाई छ।

वैदेशिक रोजगारीमा जानेलाई ल्याववाट प्रति रिपोर्ट ९ हजारसम्म लिएर नक्कली रिपोर्ट दिने गरिएको थियो । ल्यावले दुई घण्टामै पिसिआरको रिपोर्ट दिने गरेको खुलेको छ । 
 

विशेष