News

मुख्यमन्त्री शाहीलाई मत दिएकी एमाले सांसद भन्छिन्– झुक्किएर त्यस्तो भयो

मुख्यमन्त्री शाहीलाई मत दिएकी एमाले सांसद भन्छिन्– झुक्किएर त्यस्तो भयो

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत हालेकी प्रदेशसभा सदस्य देवी ओलीले झुक्किएर त्यस्तो भएको वताएकी छिन् ।

नेकपा एमाले प्रदेश कमिटीले सोधेको स्पष्टिकरणको जवाफ दिने क्रममा उनले आफु झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेको उल्लेख गरेकी छन्। तथापी उनले समयमै आफनो मत सच्याएर मुख्यमन्त्री शाहीले प्रश्तुत गरेको प्रश्तावको विपक्षमा उभिएकी थिइन्।

‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु’ उनले स्पष्टिकरणमा उल्लेख गरेकी छिन्–‘थाहा पाउने वित्तिकै फर्किएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रस्तावको विपक्षमा हाम्रो पार्टी नेकपा एमालेको प्रदेशसभा संसदीय दलको बैठकको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट गर्दछु।’

ओलीले दलको नीति, निर्णय र ह्वीपप्रति प्रतिबद्ध रहेको जनाउँदै वैशाख ३ गते भएको मतदानमा आफुले दलको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट पारेकी छन्।

सांसद ओलीले मत सच्याउन सभामुखले निर्धारण गरेको समय सीमाभित्र मुख्यमन्त्री शाहीको विपक्षमा आफ्नो मत जाहेर गरेपनि सोही दिन वसेको दलको बैठक बैठकले उनलाई स्पष्टिकरण सोधेको थियो। फ्लोर क्रस गर्ने प्रकाश ज्वालासहित चार सांसदलाई भने कारवाहीका लागि सिफारिस गरिएको छ । 

विशेष