News राजनीति

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता : मुखले भन्ने–कामले सुन्य

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता : मुखले भन्ने–कामले सुन्य

केपी ओली सरकारलाई एक मिनेट पनि राख्न नचाहेको वताउँदै आएको नेकपा (माओवादी केन्द्र)ले मंगलवारको वैठकमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय लिन सकेको छैन।

ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको वताएपनि समर्थन फिर्ता लिएको घोषणा गर्न भने माओवादीले अझै हिम्मत जुटाएको छैन । 

सत्ता समिकरणमा अन्य दलसँग कुरा नमिल्दा माओवादीले समर्थन फिर्ता लिन नसेको जानकारहरु वताउँछन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग बारम्बार छलफल भएपनि निस्कर्ष निस्कन सकेको छैन । पटक पटक कांग्रेस फकाउन भएको प्रयासमा सभापति शेर वहादुर देउवाले अहिले पनि सरकार वहुमतमा रहेकाले माओवादीले विस्वासको मत फिता नगरेसम्म थप कदम चाल्न नसकिने वताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन भनिसकेका छन्।

कांग्रेससहित जसपा समेतले विस्वासको मत फिर्ता लिने विषयमा कुरा उठाईरहँदा पनि मंगलवारको वैठकमा कुनै निष्कर्ष ननिस्केको एक नेताले वताए । सोही विषयमा छलफल गर्न बुधबार माओवादीको स्थायी समिति बैठक पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'यो सरकारलाई हाम्रो समर्थन छैन, हाम्रो गतिविधिले पनि त्यो देखाइरहेको छ' बैठकपछि उनले भने– 'औपचारिकरूपमा लेखेर दिन मात्र बाँकी छ ।' 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै ओली सरकारलाई अपदस्थ गर्नु पहिलो प्राथमिकता भएको बताउँदै आएका छन्। 

नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता केपी ओली सरकार

विशेष