News स्वास्थ्य

७ महिनापछि सर्वाधिक कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

७ महिनापछि सर्वाधिक कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर वढेको छ । मंगलवार सात महिना पछि सबै भन्दा धेरै कोरोना संक्रमति भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ८ हजार ५५ पीसीआर गरिएकोमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षण गएको मा ६९ जना गरी १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रममण देखिएका मध्ये काठमाडौं उपत्यकामा ६ सय ९५ जना छन् । ती मध्ये काठमाडौंमा ५ सय ५५ जना, ललितपुरमा १ सय ५ र भक्तपुरमा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको भनाई छ।

मंगलवार एकै दिन कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको छ । योसँगै नेपालमा मृतकको संख्या ३ हजार १ सय २ पुगेको मन्त्रालयले जनाएको छ । 
 

विशेष