News राजनीति

अध्यक्ष ओली विरुद्ध किन अदालत जादैछिन रामकुमारी झाँक्री ?

अध्यक्ष ओली विरुद्ध किन अदालत जादैछिन रामकुमारी झाँक्री ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले झलनाथ खनाल र माधवकुमार नेपालसहितका २ दर्जनवढि नेताको सांसद पद खोस्ने तयारी गरेका छन्। 

ओलीले आफू विरुद्ध लाग्नेलाई सांसदबाट हटाउने तयारी थालेका हुन् । त्यसका लागि अन्तिम मौका भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल सहितका दुई दर्जन वढि नेतालाई स्पष्टिकरण सोधिएको छ ।

स्पष्टिकरण सोधिएका नेतालाई ओलीले अर्को दल गठन गरेको गम्भीर आरोप लगाएका छन् । 

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई दुई दिन भित्र र अरु २२ जनालाई तीन दिन भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको र चित्त बुझ्दो जवाफ नआए संघीय संसदको सदस्यबाट हटाउने चेतावनी दिइएको जनाईएको छ ।

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अमर थापा र देवी ओली पनि कारवाहीको सुचिमा छन्।

यता,  नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले भने पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताएकी छिन्।

स्पष्टीकरण सोधेपछि मङ्गलवार काठमाण्डौको बानेश्वरमा आकस्मिक रूपमा भएको नेपाल पक्षिय सांसदहरुको भेलापछि उनले यस्तो वताएकी हुन।

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै उनले कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताईन। 

पार्टी अध्यक्ष ओलीसँग आफूहरूलाई कारबाही गर्ने अधिकार नै नरहेको पनि उनले वताईन। 
 

झलनाथ खनाल र माधवकुमार नेपाल सांसद पद खोस्ने तयारी एमालेका अध्यक्ष केपी शर्मा ओली रामकुमारी झाँक्री

विशेष