उइगर अभिभावकहरुले आफ्ना बालबालिकासँगको विछोडको दर्दनाक वेदना भने
बेइजिङ । चीनबाट निर्वासित भएका उइगरहरुका बालकालिकालाई चीनको सिन्जियाङमा ‘अनाथलय’ बनाएर राखिएको छ ।
एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार निर्वासनमा रहेका उइगर अभिभावकहरुले आफ्ना बालबालिकासँगको विछोडको दर्दनाक वेदनामा रहेको खुलासा गरिएको छ ।
एम्नेस्टीले आफ्ना छोराछोरीबाट पूर्णरुपमा सम्पर्कविहीन रहेका बाबुआमासँग कुरा गरेको थियो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि छोडेर भागेका उइगरहरुले आफूहरु चीन फर्किन सक्ने अवस्था पनि नभएको बताइरहेका छन् ।
उनीहरु चीन फर्किएको अवस्थामा नियन्त्रणमा लिएर सिन्जियाङमा रहेको यातना शिविरमा राख्ने त्रास रहेको छ ।
एम्नेस्टी इन्टरनेसनलका चीन अनुसन्धानकर्ता अलकन अकदले भने, “सिन्जियाङमा चीनको निर्मम नजरबन्दी अभियानले परिवारको विचल्ली बनाएको छ । उनीहरुको परिवारको पुनर्मिलन असम्भवजस्तै बनाइ दिएको छ ।”
चीन सरकारले ती बच्चाहरुलाई परिवारको जिम्मा लगाउन पनि कुनै पहल नगरेको उनले बताएका छन् । बालबालिकासँगको विछोडले निर्वासमा रहेका अभिभावकहरु फर्किन चाहेर पनि फर्किन सकिरहेका छैनन् ।
एम्नेस्टी इन्टरनेसनलले हालै अष्ट्रेलिया, क्यानडा, इटाली, नेदरल्याण्ड्स र टर्कीमा बसोबास गर्ने छ वटा निर्वासित उइगर परिवारका अभिभावहरुसँग अन्तर्वार्ता लिएको थियो । सन् २०१७ मा उइगर र अन्य मुस्लिम अल्पसंख्यक समूहविरुद्धको कारबाहीलाई तीव्र पार्नुभन्दा पहिले चीन छोडेका परिवारहरूले आफ्ना बच्चाहरूलाई उनीहरूसँग सामेल हुनबाट रोक्न सक्ने सपना पनि देखेका थिएनन् ।
२०१७ सिन्जियाङमा नियन्त्रणमा लिएर यातना शिविरमा राख्ने क्रम सुरु भएको थियो । चीनले सरकारले उक्त यातना शिविरमा हाल लाखौं उइगरहरुलाई राखिरहेको छ ।नेपालपाना