News फोटो

देशको दृष्य

देशको दृष्य

११ फोटोमा देशको दृष्य। फोटोः रासस


कुमाल गाउँका किसानलाई मकै छर्न चटारो– शंखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारको कुमाल गाउँका किसान बारीमा मकै रोप्दै ।  मकै यस क्षेत्रको मुख्य अन्नबाली हो । कृषि ज्ञान केन्द्र शंखुवासभाका प्रमुख गोविन्द आचार्यका अनुसार शंखुवासभाका किसानले १२ हजार ४५८ हेक्टरमा मकैबाली  लगाउने  बताउँछन्।

 

जनशक्तिको अभावमा प्रयोगविहीन  एक्सरे मेसिन– पोखरा महानगरपालिका –२१, कृष्ति स्वास्थ्य केन्द्रमा प्रयोजनविहीन अवस्थामा रहेको एक्सरे मेसिन । स्वास्थ्य विमा बोर्डले चार वर्षअघि स्वास्थ्य केन्द्रलाई अनुदानमा उपलब्ध गराएको मेसिन दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा ल्याउन नसकेको हो  ।

 

रुखको झ्याउ केलाउदै महिला– रुखको झ्याउ केलाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका महिला । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटु रोग निको हुने जनविश्वास रहेको छ ।

 

रमणीय बेगनास ताल र माझीकुना– सुन्दरी डाँडाबाट देखिएको  रमणीय बेगनास ताल र माझीकुना । पोखरा महानगरपालिका–३१ माझीकुना  बेगनास तालको छेउमा रहेको यो बस्ती  माछा पारखीहरुको लागि प्रख्यात मानिन्छ ।

 

बास्कुनाको सुन्तला बगैँचा– म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका किसानले खाद्य बालीको विकल्पमा बारीमा गरेको सुन्तला खेती ।

 

स्वास्थ्य परीक्षण गर्दै सशस्त्र प्रहरी– भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई मङ्गलबार वीरगञ्जको शङकराचार्यद्वार नजिकै  स्वास्थ्य परीक्षण गर्दै सशस्त्र प्रहरी । उक्त नाका प्रयोग गरी नेपाल भित्रिएका यात्रुलाई एनटिजेन किटबाट परीक्षण गर्दा कोरोना भाइरसका ९ सङ्क्रमित फेला परेका छन् ।

 

पुुरातात्विक सम्पदाहरुको अवलोकन गर्दै सर्वसाधारण– भक्तपुर दरबार स्क्वायर, पच्चपन्न झ्याले दरबारमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा राखिएका पुरातात्विक सम्पदाहरुको अवलोकन गर्दै सर्वसाधारण ।

 

रथमा सेतो मच्छिन्द्रनाथको देवता राख्दै– सेतो मच्छिन्द्रनाथको जात्रा मङ्गलबार घण्टाघरमा रथमा सेतो मच्छिन्द्रनाथको देवता राख्दै । 

 

सेतो मच्छिन्द्रनाथको जात्रा घण्टाघरबाट तान्दै– सेतो मच्छिन्द्रनाथको जात्रा मङ्गलबार घण्टाघरबाट तान्दै ।

 

त्रिकोणत्मक टी २० सिररिज क्रिकेट– त्रिकोणत्मक टी २० सिररिज क्रिकेट प्रतियोगिता मङ्गलबार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा व्याट्रिङ गर्दै नेपाली खेलाडी ।

 

कोरोना बिरुद्धको खोप लगाउँदै सञ्चारकर्मी– पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर अस्पतालको खोप केन्द्रमा दोस्रो चरणको कोरोना बिरुद्धको खोप लगाउँदै सञ्चारकर्मी ।

देशको दृष्य

विशेष