News राशिफल

२०७७ चैत्र २० गते शुक्रवारको राशिफल

२०७७ चैत्र २० गते शुक्रवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरिरमा आलस्यता आउने छ। यात्रा गर्दा सावधानी आउनु पर्नेछ। दुःख कष्ट आई पर्न सक्छ। पढाई लेखाईमा मन जाने छैन। सत्रुको सामना गर्नुपर्ला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मित्रसँग भेटघाट होला। पारिवारीक सुख प्राप्त हुनेछ। साझेदारी कामवाट लाभ हुनेछ। शिक्षा सामान्य रहला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
चोरीको भय हुनेछ। काममा अपजस आईलाग्ला । सत्रुसँग सावधान हुनु होला। पढाई लेखाईमा निराशा हात लाग्ने छ। स्वास्थ्य समस्याले सताउला।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मेसीनगरी तथा विभिन्न प्रकारका औजारको ब्यापार/ब्यवसायमा मन जाने छ। शिक्षामा उत्साह देखिने छैन। पेटको समस्या समाधान हुनेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भुमी, वाहन आदिको काममा विघ्न वा नोक्सान हुनेछ। शिक्षामा अपजस पाईने छ। स्वास्थ्यले साथ दिने छैन।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन परिश्रमपुर्वक जिवनयापन हुनेछ। शिक्षा क्षेत्रमा सम्मान पाईने छ। स्वास्थ्य सामान्य रहला।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वोलीको नकारात्मक असर पर्नेछ। परिवार र कुटुम्ववाट धोका हुने सम्भावना छ। सावधान अपनाउनु पर्ने समय छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वभावमा परिवर्तन आउने छ। शिक्षामा उत्साह र उमंग छाउने छ। स्वास्थ्य सामान्य रहनेछ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आर्थिक कारोवारमा विशेष ध्यान दिनु पर्ने समय छ। कारोवारमा समस्या आउने वा लगानी नै डुब्ने प्रसस्त सम्भावना छ। शिक्षामा निराशा हात लाग्ला।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आम्दानीका श्रोत वढ्ने छन्। आर्थिक संकट टर्ने छ। सत्रु पराजय हुनेछन्। शिक्षा क्षेत्रमा पदोन्नतीको योग छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफनो कारणले पितालाई कष्ट हुनेछ। सामाजिक वा राजनीतिक काममा असफलता हात लाग्ला। अग्लो ठाउँमा जाँदा होस पुर्याउनु होला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शिक्षामा उन्नती हुनेछ। परदेशको वास हुन सक्छ। स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेछन्। दिदी वहिनीवाट साथ सहयोग पाईने छ।

 – शेषराज पराजुली

राशिफल

विशेष