जनकपुरमा अहिलेपनि मास्क विना हिड छन सर्वसधारण

जनकपुरमा अहिलेपनि मास्क विना हिड छन सर्वसधारण


जनकपुरधाम
कोरोना संक्रमण दिनप्रतिदिन बढि पनि जनकपुरमा भने स्वास्थ्य सर्तकता अपनाउनेको संख्यामा कमि देखिएको छ । सरकारले स्वास्थ्य मापदण्ड जारी गरेर त्यसलाई कडाईका साथ पालन गर्न गराउने निर्देशन दिएपनि जनकपुरमा भने त्यसमा पालन कहिले कतै देखिएको छैन । अधिकांस सर्वसधारणहरु साबुन पानी र सेनिटाईजरले हात सफा गर्नु र परै जाओस मास्क लगाउन समेत छाडेका छन । कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्थामा उच्च जोखिममा रहेको प्रदेश नम्बर २मा सर्वसधारणहरुको निष्क्रीयताको कारणले समस्या देखिएको छ ।स्वास्थ्य विज्ञका अनुसार खुला सिमाको कारणल प्रदेश नम्बर २ अत्याधिक जोखिममा रहेको छ भने सर्वसधारणहरु समेत सचेत नभएको कारणले समस्या देखिएको छ । अकोृ तर्फ सिमामा समेत फितलो अवस्था देखिएको छ । भारतसंग खुला सिमा जोडिएको प्रदेश नम्बर २ को अधिकांस नाकामा सावधानी अपनाइको छैन । विरगन्जनको मुख्य नाकामा समेत यस्तै अवस्था देखिएको छ । मुख्य नाका हुदै दैनिक हजारौको ओहोरदोहोर भईरहेपनि दैनिक औसतमा चार सय जनाको मात्रै हेल्थ डेस्कमा तापक्रम नाप्ने गरिएको छ ।  उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।
सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाने प्रदेश २ स्थित केही सीमानाकामा सामान्य तापक्रम नाप्ने काम गरिएको भए पनि बाँकी क्षेत्रमा कुनै चेकजाँच हुँदैन ।
प्रदेशस्थित छोटी नाकाको रूपमा रहेका महोत्तरीका भिट्ठामोडमा भारतबाट नेपाल छिर्ने सर्वसाधारणलाई न कुनै चेकजाँच हुन्छ न हेल्प डेस्क नै राखिएको छ । धनुषास्थित जटही नाकामा सीमा सुरक्षामा खटिएका प्रहरीले प्रक्रिया पूरा गर्ने उद्देश्यले थर्मल गनले शंका लागेका व्यक्तिलाई तापक्रम नाप्ने गरेका छन् । शसस्त्र प्रहरीले थर्मल गनले शरीरको तापक्रम नापेर बढी देखिएमा भारतबाट आएकालाई उतै फर्काउने गरेको छ । 
जटही र भिट्ठामोड नाका हुँदै दैनिक सयौं जना आवत–जावत गर्छन् । तर लामो दूरीबाट आएकाहरूको मात्रै रेकर्ड  राख्ने गरिएको छ । खुला सिमाना भएका कारण कडाइ गर्ने अवस्था नरहेको सीमा सुरक्षामा खटिएका प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरिक्षक सुरेश सापकोटाले भिट्ठामाडसहित हरेक सीमानाकामा निगरानी बढाएको बताए । तर खुल्ला सीमानाकामा भएको कारण थप कडाइ गर्ने अवस्था नरहेको उनको भनाइ छ । ’दैनिक सयौं व्यक्ति सामान किनमेल गर्ने सीमावर्ती क्षेत्रमा आवत–जावत गर्ने गर्छन,’ उनले भने, ’तिनीहरूलाई रोक्ने वा पटक–पटक चेकजाँच वा रेकर्ड राख्न सम्भव छैन।’
उनले भने सबभन्दा बढी असुरक्षित सीमामा खटिएका सुरक्षाकर्मी नै हुन, सम्बन्धित निकायले तिनीहरुलाई न त कुनै सुरक्षा सामाग्री दिएको छ न कुनै हेल्प डेस्कमा स्वास्थ्यकर्मी उपलब्ध गराइएको छ । तरपनि निगरानी गर्दै क्षमता अनुसारको चेकजाँच गर्दै आएका छौं ।  
सम्बन्धित स्थानीय तह र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी सीमानाकामा हेल्प डेस्क राखेर चेकजाँचमा तीब्रता दिइने उनले बताए ।  ’दुई÷तीन दिनभित्रै हेल्थ डेस्क, चेकजाँच र रेकर्ड राख्ने काम सुरु गर्नेछौं’ उनले भने । 
त्यस्तै धनुषाको जटही सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक दिनेश खडकाले खुल्ला सीमानाका कारण सयौंको संख्यामा आवत जावत भइरहेको बताए । तर हामी लामो दूरीबाट आएकाहरूको मात्र जाँच र रेकर्ड राख्ने गरिएको उनले बताए । अब भने निगरानी बढाउने उनले बताए ।

जटही नाका भएर ७ जना भारतबाट नेपाल भित्रिएका छन् भने नेपाली सीमाबाट ८ जना भारत प्रवेश गरेका छन् ।

तथ्यांकका अनुसार चैत ३० गते ११ जना नेपाली सीमामा प्रवेश गरेका छन् । यस्तै १३ जना भारतीय भूमिमा प्रवेश गरेका छन् । त्यस्तै चैत २९ गते १० जना भित्रिएका छन् भने ११ जना भारतीय भूमिमा प्रवेश गरेका छन्, चैत २८ गते ९ जना नेपाली सीमा प्रवेश गरेका छन भने ८ जना भारतीय सीमामा प्रवेश गरेका छन् । भारतबाट नेपाल र नेपाल हुँदै भारत जानेहरुको संख्यामा दिनप्रतिदिन बढोत्तरी हुुँदै गएपनि अझैसम्म नाकामा कडाई हुन सकेको छैन् । त्यसमा पनि त्यहाँ कोरोनाका शंकास्पद लक्ष्ण देखिएकाहरुको स्वास्थ्य जाँच गर्ने न कुनै हेल्थ डेस्क छ न त सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई कोरोनाका सामान्य लक्ष्णहरु जाँच्ने मेशिन राखिएको छ । त्यहाँ जाँचको नाममा मात्र एउटै सामाग्री देख्न सकिन्छ ज्वरो जाँच्ने थर्मोनगल । 

हेल्थ डेस्क नराखिएकाले बाध्यतावश आफूहरुले नै थर्मल गनको सहायताले ज्वरो मापन गरेर आवत जावत गर्न दिईरहेको सशस्त्र प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक दिनेश खडकाले जानकारी दिए । 

‘हामीसंग स्वास्थ्यकर्मी छैनन्, हामी मध्ये जसलाई स्वास्थ्य सम्बन्धी थोर बहुत जानकारी छ हामीले उनीहरुलाई खटाएका छौँ ।’ डिएसपी खड्काले भने ‘कोरोना संक्रमण बढ्दै गईरहेकाले हामी आफैले स्वास्थ्य सतर्कता अपनाउनका लागि ज्वरो मापन गरेर मात्रै आउ जाउ गर्न दिईरहेका छौँ ।’ कोरोनाको दोस्रो लहर देखिएसंगै हामीले ज्वरो मापन शुरु गरिसकेका थियौँ सशस्त्र प्रहरीका डिएसपी खडकाले भने ‘यद्यपि अहिलेसम्म कोरोनाका लक्षण देखिएका व्यक्ति हामीले फेला पार्न सकेका छैनौँ । 

प्रत्यकयौँ व्यक्ति भारतीय सीमामा प्रवेश गर्ने तथा नेपाली सीमामा प्रवेश गर्ने गरेपनि सामान्य काम वा हाट बजारका लागि आउजाउ गर्ने व्यक्तिहरुको तथ्यांक नराख्ने गरिएको देखिएको छ । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपनि अहिलेसम्म सिमानाकाहरुमा हेल्थ डेस्क संचालन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झा बताउँछन् ।‘हेल्थ डेस्क राख्नेबारे हाम्रो छलफल चल्दैछ छिट्टै नै हामी यसबारे निर्णय गर्छौ ।’ निमित्त निर्देशक झाले भने ‘कुनै कुनै बोर्डरमा यदी हेल्थ डेस्कको स्थापना भईसकेको छ भने त्यहाँका कर्मचारीहरुलाई नाकाबाट आवतजावत गर्ने सबैको जानकारी अभिलेख गरी राख्न निर्देशन दिएका छौँ ।’

उनका अनुसार आउँदो वैशाख ३ गते बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिमलाई लिएर सिमानाकामा गरिने कडाई र स्थापना गरिने हेल्थ डेस्कबारे निर्णय गरिनेछ । ‘आगामी वैशाख ३ गते मन्त्रिपरिषद्को बैठकमा यसबारे निर्णय हुने हो ।’ उनले भने ‘अहिलेका लागि प्रदेशभरी ५०६ वटा आईसोलेशन तयारी अवस्थामा रहेका छन् तर जनशक्तिको भने अभाव रहेको छ ।’

उनले बताए अनुसार अहिले करिब १ हजार कर्मचारीहरुको आवश्यकता रहेको छ ।

कोरोना संक्रमण जनकपुर स्वास्थ्य सर्तकता

संम्बधित खबर

विशेष