News राजनीति

सरकारमा सहभागी भएका मन्त्रीलाई कारवाही गर्ने निर्णय गलत : मनिष सुमन

सरकारमा सहभागी भएका मन्त्रीलाई कारवाही गर्ने निर्णय गलत : मनिष सुमन

जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीलाई कारवाही गर्ने पार्टीको प्रदेश कमिटीको निर्णयप्रति आपत्ति जनाएका छन् ।

लुम्विनी प्रदेशमा अविश्वास प्रस्ताव अगाडि बढाउने÷नबढाउने बिषयमा पार्टीमा कुनै निर्णय नभएको र कसलाई साथ दिने भन्ने बिषयमा पनि एकिन हुन नसकेका वेला प्रदेशमा दुर्घटना भएको उनले वताए ।

जनता समाजवादी पार्टीको प्रदेश कमिटी समायोजनसमेत नभएको अवस्थामा आफूलाई अधिकार नै नभएको बिषयमा सांसदलाई निस्कासन गरिने भनेर बिज्ञप्ति निकाल्नु नै गलत भएको उनको भनाई छ।

सोमवार मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री परिषदमा सहभागी भएका मन्त्रीहरुलाई जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोधेको छ। स्परिष्टकरणसहित उनीहरुलाई निलम्वन समेत गरिएको छ ।

लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गरी मन्त्रीपरिषदमा सहभागी भएको भन्दै उनीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन्। २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिँदै त्यतिन्जेलसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरिएको विज्ञप्तीमा जनाईएको छ । 

जनता समाजवादी पार्टी मनिष सुमन लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई कारवाही गर्ने पार्टीको प्रदेश कमिटीको निर्णयप्रति आपत्ति

विशेष