News

ज्ञानेन्द्र शाहीद्वारा ललितपुर महानगर विरुद्ध अख्तियारमा मुद्दा, हट्यो स्मार्ट पार्किङ्ग

ज्ञानेन्द्र शाहीद्वारा ललितपुर महानगर विरुद्ध अख्तियारमा मुद्दा, हट्यो स्मार्ट पार्किङ्ग

ललितपुर महानगरपालिकाले ‘स्मार्ट पार्किङ्ग’ सञ्चालन गर्ने करिव १ वर्ष अघिको आफनै निर्णय रद्द गरेको छ। ०७८ वैशाख ६ गते वसेको नगरकार्यपालिकाको १२७औं वैठकले ‘स्मार्ट पार्किङ्ग’ सम्वन्धि निर्णय रद्द गरेको हो ।

महानगरपालिकाको आर्थिक विकास समितिको ०७६ पुस १४ को वैठकको सिफारिस समेतका आधारमा ०७६ माघ ३ गते नगर कार्यपालिकािको १०३औ वैठकको निर्णय वमोजिम ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा लागु हुने गरी ‘स्मार्ट पार्किङ्ग’ सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

महानगरको निर्णय अनुसार पार्किङ्ग सञ्चालनको जिम्मा डिस्कभर सिटी प्रालिलाई प्रदान गरिएकोमा ०७८ वैशाख ६ गते मेयर चिरीवावु महर्जनको अध्यक्षतामा वसेको वैठकले त्यसलाई रद्द गर्ने निर्णय गरिएको प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।

महानगरको यो निर्णय प्रति ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ का संयोजक ज्ञानेन्द्र शाहीले स्मार्ट पार्किङ्गका नाममा जथाभावी पैसा उठाउने कार्य वन्द भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हिजो अख्तियारमा हामिले हालेको मुद्दाले ललितपुर महानगरपालिकाको गैह्रकानुनी पार्किङ आज बाट हटेको छ। सबैलाई जबर्जस्ती सार्बजनिक सडकमा नागरिकसँग पैसा असुल्ने काम आजबाट बन्द भएको छ। सबैलाई बधाई छ, सहयोग गर्नु हुने सबैलाई धन्यवाद।’

ललितपुर महानगरपालिका ‘स्मार्ट पार्किङ्ग’ रद्द ज्ञानेन्द्र शाहीद्वारा अख्तियारमा मुद्दा

विशेष