News

प्रदेश २ मा राम नवमीको सार्वजनिक विदा

प्रदेश २ मा राम नवमीको सार्वजनिक विदा

हिन्दुहरुको पर्व राम नवमीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक विदाको विषयमा जानकारी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ–‘हिन्दुहरुको महान पर्व रामनवमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामनासहित प्रदेश सरकारले मिति २०७८ वैशाख ८ गते वुधवारका दिन प्रदेश भरी सार्वजनकि विदा दिने भएकोले सम्वन्धित सवैलाई यसै विज्ञप्तिद्वारा जानकारी गराईन्छ।’

विशेष