पुर्वराजा ज्ञानेन्द्रलाई कोरोना हुँदा कमल थापालाई चिन्ता
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण भएको छ ।
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण भएको छ ।
शाह विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको राष्ट्रको रुपमा रहेको भारतको नयाँ दिल्ली र हरिद्वारमा केही दिन बसेर आइतबार स्वदेश फर्केका हुन।
हरिद्वारमा शाहलाई हिन्दू स्रमाटको उपाधिसहित अभिषेक गराइएको थियो । लाखौं भारतीयले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई गंगामा स्नान गरेका स्थानमा उनी पनि सहभागि भएका गिथए ।
पुर्व राजारानीलाई कोरोना संक्रमण भएको प्रति राप्रपाका अध्यक्ष कमल थापाले चिन्ता ब्यक्त गरेका छन् । ‘राजा ज्ञानेन्द्र तथा बडामहारानी कोमल कोरोनाबाट संक्रमित भएको खवरले हामी चिन्तित भएका छौँ’ उनले सामाजिक सञ्चालमा लेखेका छन्–‘राजा ज्ञानेन्द्र तथा बडामहारानी कोमलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’