News

प्रधानमन्त्रीको दावी – संसद वलिया हुँ भन्नेहरुको तानातानको थलो बन्यो, केही गर्न सक्दैन

प्रधानमन्त्रीको दावी – संसद वलिया हुँ भन्नेहरुको तानातानको थलो बन्यो, केही गर्न सक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको आदेश अनुसार संसद पुनर्स्थापना भए पनि संसदको भूमिका प्रभावकारी नदेखिएको बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो वताएका हुन्।

‘संसदले न काम अघि बढाउन सक्छ, न केही गर्न सक्छ। संसद तानातानको थलो बनेको छ । संसदलाई बलिया हुँ भन्ने व्यक्तिका स्वार्थको तानातानको थलो बनाइनु हुँदैन । देशमा कसरी विकास गर्ने भनेर संसदले सोच्नु पर्छ’– उनले भने।

आफूलाई ‘प्रतिगमनकारी’ का रुपमा उच्याईएको विषयमा पनि उनले आपत्ति जनाए। कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने र कोही शासनमा पुग्न सकेन भने प्रतिगमन भयो भनिदिने परिपाटी देखिएको उनको भनाइ थियो । ‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने, अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन भयो भनिदिने ?’ उनले भने–‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’

संविधान मास्यो र गणतन्त्र खत्तम पार्यो भन्दै आफनो आलोचना हुन थालेको भन्दै उनले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र भएको वताए । 

प्रधानमन्त्री संसद तानातान संविधान

विशेष