News राजनीति

विष्णु रिजालपछि योगेश भट्टराई लुसुक्क वालुवाटार !

विष्णु रिजालपछि योगेश भट्टराई लुसुक्क वालुवाटार !

माधव नेपाल र झलनाथ खनाल पक्षका एमाले नेता विष्णु रिजाल ओली पक्षको केन्द्रिय कमिटी वैठकमा सहभागि भएको दुई दिन नपुग्दै वुधवार अर्का नेता योगेश भट्टराई पनि वालुटार छिरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न उनी वालुटार पुगेका हुन् । नेता भट्टराई भने नेताहरूलाई समेटेर अघि बढ्न र पार्टी फुटनवाट जोगाउन आग्रह गर्दै वालुवाटार पुगेको श्रोतले जनाएको छ।

प्रधानमन्त्रीलाई भेटेर उनले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न सुझाव दिएको जनाईएको छ ।

‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु’ भट्टराईले भने–‘एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको छु ।’

प्रधानमन्त्री ओलीले माधव नेपाल, झलनाथ खनाल, भिम रावलसहित २७ जना सांसदलाई कारवाही गर्ने मानसिक्ताले २४ घण्टे स्पष्टिकरण सोधेको भोलिपल्टै भट्टराई ओलीलाई भेटन पुगेका हुन् । स्पष्टिकरण सोधिएका मध्ये भट्टराई पनि एक हुन् ।

विशेष