News राजनीति

माओवादीलाई विष्णु रिजालको प्रश्न– यो निर्णय हो कि अनिर्णय ?

माओवादीलाई विष्णु रिजालको प्रश्न– यो निर्णय हो कि अनिर्णय ?

माधव नेपाल पक्षिय नेताको रुपमा परिचित तर पछिल्लो समय ओलीप्रति सकारात्मक देखिदै आएका नेकपा एमाले नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्न नसकेको विषयमा वुधवार ब्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता रिजालले माओवादी केन्द्रप्रति ब्यंग्य गरेका छन् । माओवादीको यस्तै पाराले यहि संसदवाट वैकल्पिक सरकार वन्छ कि वन्दैन भन्ने प्रस्ट हुँदैन र ? भन्दै प्रश्न पनि गरेका छन् ।

उनले लेखेका छन्–‘माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ । मैले नबुझेको– वस्तुतः यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?’

नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको अधिकार अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

विशेष