News

कसरी मरे एकै पटक ७० भन्दा बढी गिद्ध ?

कसरी मरे एकै पटक ७० भन्दा बढी गिद्ध ?

पश्चिम नवलपरासीमा ७० भन्दा बढी गिद्धहरु मरेका छन् ।

विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु रामग्राम नगरपालिका–४ जितपुरमा एकैपटक यति ठुलो संख्यामा मृत फेला परेका हुन् । गिद्ध मरेको कारण अहिलेसम्म खुलेको छैन ।

गिद्ध मरेका छेउमै दुई वटा कुकुर पनि मृत फेला परेका छन ्।

गाउँको पोखरीनजिक खेतमा छरपस्ट अवस्थामा मृत गिद्ध फेला परेपछि स्थानीयवासीले चारैतर्फ खवर गरेका थिए ।

डोरीले बाँधेर फालिएका कुकुरहरुलाई विष खुवाएर मारेको र तिनै कुकुरको मासु खाएर गिद्ध पनि मरेको हुन सक्ने आंकलन गरिएको छ । मरेका कुकुर र गिद्धको ब्यवस्थापन नहुदा दुर्गन्ध समेत फैलीएको स्थानीयले वताएका छन् ।

घटनाको अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको टोली खटिएको छ । 
 

विशेष