News अर्थ स्वास्थ्य

कोरोनाको खोप किन्न विश्व वैंकको झण्डै ९ अर्व सहयोग

कोरोनाको खोप किन्न विश्व वैंकको झण्डै ९ अर्व सहयोग

विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ ।

अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ८ अर्ब ७० करोड (७ दशमलव ५ करोड अमेरिकी डलर) रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोस र नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।


माल्दिभ्स, नेपाल र श्रीलंकाकालागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जार्भोसले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको समतामुलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बताए।

कोरोना खोप सहयोग विश्व वैंक

विशेष