News स्वास्थ्य

म्याद गुज्रिएको औषधि विक्रि गर्ने नर्सिङहोमलाई कारवाही

म्याद गुज्रिएको औषधि विक्रि गर्ने नर्सिङहोमलाई कारवाही

म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङहोम प्रालिमाथि कारवाही अघि बढाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङहोममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद् भएपछि कारवाही अघि बढाइएको हो ।

 “अनुगमनका क्रममा म्याद गुज्रिएको औषधि र ल्याबका केमिकल फेला परेको छ”, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले भने– “फार्मेसीमा म्याद गु्ज्रिएको औषधि र ल्याबमा म्याद गुज्रिएको केमिकल राखेर मानव स्वास्थ्यसँग खेलबाड गरेको पाइएकाले ती नर्सिङहोममाथि कारवाही अघि बढाइएको हो ।”

अनुगमनका क्रममा नर्सिङहोम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमतिपत्र लिएको नपाएपछि नर्सिङहोमका सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए। 

बरामद म्याद गुज्रिएको औषधि र कमिकल नियन्त्रण लिई आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने उनको भनाइ थियो ।

विशेष