News

प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सकियो

प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सकियो

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निलम्वित वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

करिब २ घण्टाको भेटवार्ता सकिएको जनाईएको छ। बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटवारे प्रतिक्रिया नदिने बताएका छन् ।

ओली र नेपाल काठमाडौंको नक्शालस्थित मेरियट होटलमा वार्ताका लागि वसेका थिए । एमाले नेता विष्णु पौडेल पनि सहभागी भएको भेटवार्ताको मुख्य कुरा अझै पनि वाहिर आएको छैन ।

आन्तरिक द्वन्द्वका कारण फुटको संघारमा पुगेका वेला दुई नेताविच भएको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

विशेष