News फोटो

देशको दृष्य

देशको दृष्य

१५ फोटोमा देशको दृष्य। फोटोः रासस

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित एक होटलमा बुधबार साँझ भएको भेटवार्ता ।

 

आगो नियन्त्रण गर्दै सुरक्षाकर्मी– कञ्चनपुरको दोधारा – चाँदनी नगरपालिका–१० को शान्ति टोलस्थित एक घरमा लागेको आगो नियन्त्रण गर्दै सुरक्षाकर्मीलगायत ।

 

न्यायाधीशलाई शपथ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट  सर्वोच्च अदालतमा बुुधबार आयोजित शपथ ग्रहण समारोहमा न्यायाधीश डा. कुमार चुँडाल र नहकुल सुवेदी पद तथा गोपनीयताको  शपथ लिँदै ।

 

जखेरा ताल– दाङको लमही नगरपालिका–३ अवस्थित जखेरा ताल । पछिल्लो समय सो ताल अवलोकन गर्नेको संख्या बढेको छ ।

 

धरहराको टुप्पामा गजुर राख्दै कामदार– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्दै कामदार ।

 

दिनरात कामदार धरहरा निर्माणमा जुट्दै– यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुट्दै छन् ।

 

विद्यालयलाई बस हस्तान्तरण– कैलालीको टीकापुर नगरपालिकाका नगर उपप्रमुख केशरी बिष्ट कर्णाली माध्यमिक विद्यालय टीकापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क शाहलाई स्कूल बसको साचो हस्तान्तरण गर्दै । नगरपालिकाको रु ४० लाखको सहयोगमा विद्यालय बस हस्तान्तरण गरिएको हो ।

 

आगन्तुक लोभ्याउने झोलुङ्गे पुल– बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ ।

 

जैविक तटबन्ध निर्माण गर्दै– लालझाडी गाउँपालिकाको शंकरपुरस्थित दोदा नदीमा  बुधवार जैविक तटबन्ध निर्माण गर्दै स्थानीय बासिन्दा । वर्षातका बेला जग्गा भूक्षय हुनबाट जोगाउनका लागि स्थानीय बासिन्दा दातृ निकायको सहयोगमा जैविक तटबन्ध निर्माणमा जुटेका छन् । 

 

उखु खेती– लालझाडी गाउँपालिकाका स्थानीय किसानले टे«न्च प्रविधिको प्रयोग गरी खेतमा लगाएको उखु खेती । लालझाडी क्षेत्रका ४० प्रतिशत किसान उखु खेतीमा संलग्न रहेका छन् । 

 

डढेकोटबाट देखिएको धौलागिरि हिमाल– म्याग्दीको बेनी नगरपालिका– ५ स्थित डढेकोटबाट देखिएको धौलागिरि हिमाल ।

 

पक्की नाली बनाइँदै– कालीगण्डकी करिडोरअन्र्तगत पाल्पाको निस्दी गाउँपालिका–१ स्थित डमरा सडकखण्डमा पक्की नाली तथा पर्खाल बनाइँदै । पछिल्लो समय यस सडकखण्डमा पक्की नाली निर्माणलाई तीव्रता दिइएको छ ।

 

मन्दिर पुनःनिर्माण गरिँदै– विश्व सम्पदाको सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण गरिँदै ।

 

पहिरो पीडितलाई घर– म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितलाई प्रवासी म्याग्देली संघ (मोना)को आर्थिक सहयोगमा निर्माण गरिएका घर । गत सालको वर्षाका कारण पहिरो जाँदा यहाँका १९ घरपरिवार घरवार विहीन भएका थिए ।

 

नर्सरीमा उत्पादन गरिएका बिरुवा– सव डिभिजन वन कार्यालय बिमलनगर तनहुँले नर्सरीमा उत्पादन गरिएका डालेघाँसका विरुवाहरु । पशुपालन कृषकहरुका लागि असार महिनादेखि निःशुल्क वितरण गरिने योजना रहेको सो कार्यालयले जनाएको छ ।


 

देशको दृष्य

विशेष