ओली र महन्थ बिच हिमचिम बढेपछि जसपा फुटको संघारमा

ओली र महन्थ बिच हिमचिम बढेपछि जसपा फुटको संघारमा

जनकपुरधाम
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको मांग सम्बोधनको विषयमा अग्रसरता लिएपछि जसपा भित्र ने विवाद सृजना भएको छ । विवादले  पार्टी विभाजनको संघारमा पुगेको छ । कार्यकर्ताहरुको स्तरमा अहिले विवाद मात्रै सुरु भएको छैन आरोप प्रत्यारोप समेत सुरु भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जोगाउन कांध थाप्ने ललायी छन भने अर्का अध्यक्ष उपेन्द्र यादव ,डा.बाबुराम भटटराई लगायतका नेताहरु ओली प्रतिगमनकारी हुन भन्दे उनिसंग सहकार्यको विपक्षमा देखिएको छन । झन लुम्बनी प्रदेशको घटनाले समेत पार्टीमा अन्र्तकलह तिव्र रहेको र पार्टी फुटको अवस्थामा रहेको दर्साईरहेको छ । 
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर बाट निर्वाचनमा लडदा नेकपा एमालेले खुलेर सहयोग गरेका थिए । महतोलाई समर्थनमा ओलीको मौनता रहेको कारणले महतो त्यो लगाएको गुण तिर्न चाहन्छ ।   
लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना मन्त्री बनाएपछि जसपाको दुई भागमा विभाजन भइसकेको छ। मन्त्री नियुक्त भएको खबरसँगै जसपा औपचारिक विभाजनतर्फ उन्मुख हुन थालेको छ।
शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदहरु सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीसहित हस्ताक्षर नगर्ने कल्पना पाण्डे पोखरेल नेतृत्वको सरकारमा सहभागी भएसँगै जसपाभित्र भाँडभैलो मच्चिएको छ।
यादव भट्टराई पक्षले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाउँदै कारबाहीको चेतावनी दिएको छ भने ठाकुर पक्षले सरकारमा जाने मन्त्रीलाई बधाई दिँदै स्पष्टिकरण सोध्नेलाई नै चेतावनी दिएको अवस्था छ।
जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविपरीत मन्त्री पदको सपथ लिने ४ जना सांसदलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधिएको छ।
ओली पक्षसँग मिल्न विषयमा प्रदेशमा देखिएको जसपाभित्रको रडाको केन्द्रमा पनि दोहोरिने अवस्था रहेको छ। प्रतिनिधिसभामा ३४ सांसद रहेको जसपाका दुई जना निलम्बित छन्।
सत्तारुढ नेकपाभित्रको कलहले राष्ट्रिय राजनीति नै प्रभावित छ । समाजिक संजलामा उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव र महन्थ ठाकुर र राजेन्द्र महतो निकटका नेताहरु बिचमा आरोप प्रत्यारोप सुरु भएको छ । जसपाले आन्तरिक गृहकार्यपछि आफ्ना कार्यकर्ता विरुद्ध लागेका २४ प्रकृतिका २०८ मुद्दा फिर्ता हुुनुपर्ने, संविधान संशोधनका लागि आयोग बनाउने, लाल आयोगको प्रतिवेदनलाई संक्षिप्त रुपमा सार्वजनिक गर्ने, थुनामा रहेका बन्दी रिहाइ गर्ने र जसपाको चासो समेटेर नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्ने शर्त अघि सारेको छ । जसपाका मांगहरु प्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन । जसपाका ठाकुर र महतोले अहिले प्रधानमन्त्रीको आलोचना कम गर्न थालेका छन । 

केपी शर्मा ओली जसपा विभाजनको संघारमा

संम्बधित खबर

विशेष