News

असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने ,बजारमा प्रहरीले गरियो कडाई

असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने ,बजारमा प्रहरीले गरियो कडाई


जनकपुरधाम
प्रदेश नम्बर २को अस्थायी राजधानी जनकपुरमा आज देखि प्रहरीले कडाई गरेको छ । विभिन्न चौकहरुमा मास्क वितरण देखि लिएर अटेर गर्नेहरुलाई कारवाही समेत गर्न थालेको छ ।

अहिले विभिन्न चौकहरुमा मास्क वितरण कार्यक्रमलाई अगाडि बढाईएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले हिजो भच्र्युअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ सङ्क्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा सङ्क्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताए ।

असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उनले लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने बताए । सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मापदण्ड पालना गरेमा ठूलो चुनौती रोक्न सकिने र लकडाउनको अवस्था टार्न सकिने बताउनुभयो । हाल २ हजार सङ्क्रमितलाई उपचार गर्न सकिने रेमडिसिभर औषधि र ४ लाख पीसीआर किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर २ जनकपुर

विशेष