कोरोना प्रभाव : रामनवमी र चैते दशैँ प्रभावित

कोरोना प्रभाव : रामनवमी र चैते दशैँ प्रभावित


जनकपुरधाम
कोरोना संक्रमण बढन थालेपछि जनकपुरमा राम मन्दिर र चैत्री दशैं समेत प्रभावित भएको छ जनकपुरको राम मन्दिर, राजदेवि मन्दिर लगायतका मठमन्दिरहरुको प्रभावित भएको छ । मन्दिरमा भिडभाड कमि देखिएको छ । राम मन्दिरहरु लगायतका राजदेवि मन्दिरहरुलाई भव्य रुपमा सजाइपनि भिडभाड भने कमि देखिएको छ । 
हुन त जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा चैते दशैँ जारी छ । मन्दिरलाई सजाइएको छ । झिलिमीलीले झकिझकाउ बनाइएको छ । पूजा पनि प्रत्येक दिन हुन्छ तर दर्शनका लागि पुग्ने श्रद्धालु छैनन् । त्यहाँ पूजारी र पूरोहित मात्रै हुन्छन् । हाम्रो वर्षौँ देखिको परम्परा कसरी तोड्ने पूजा त गर्नै पर्यो राजदेवी मन्दिरका महन्थ राम गिरीले बताए । उनले यो महामारीको समयमा श्रद्धालु दर्शनका लागि नआए पनि पूजा श्रद्धा भक्तिपूर्वक गरिरहेको बताए । उनले माताले यो महामारीलाई सखाप पार्ने विश्वाससमेत व्यक्त गरे । गंगासागर पोखरीको डीलको उत्तर दक्षिण कुनामा समेत चैते दशैँको आयोजन गरिएको छ । त्यहाँ पनि दर्शनार्थी पुगेको देखिएन ।
कोरोनाकै असर होला यस पटक पनि रामनवमी पर्व जनकपुरधाममा त्यती भव्यता पूर्वक नहुने भएको छ । जनकपुरधामको प्रमुख पर्वमध्ये एक रामनवमी पर्वको तयारी अन्य वर्षमा दुई साता अगाडीदेखि नै हुन्थ्यो । तर यस पटक कोरोनाको त्रासका कारण रामनवमी मेला नै नलाग्ने भएको छ । कहिल्यै स्थगित नभएको यो मेला यस पटक पनि भाइरसको त्रासकै कारण स्थगित गरिएको हो । यद्यपि मन्दिरमा रामनवमीको अवसरमा विशेष पूजा बिना तामझामका साथ गरिने मन्दिरका महन्थले बताएका छन् ।
 

जनकपुरधाम कोरोना संक्रमण राम मन्दिर चैत्री दशैं

संम्बधित खबर

विशेष