News

नक्कली पिसिआर रिपोर्ट वोकेर विदेश जान लागेको १२२ जना फिर्ता

नक्कली पिसिआर रिपोर्ट वोकेर विदेश जान लागेको १२२ जना फिर्ता

नक्क्ली पिसिआर रिपोर्ट वोकेर विदेश जान लागेका १२२ जनालाई विभिन्न एयरलाइन्सले फिर्ता पठाएका छन् ।

सुर्या ल्यावले महंगो शुल्य लिएर नक्कली रिपोर्ट दिने गरेको जानकारी पाएपछि एयरलाईन्सहरुले उक्त ल्यावको रिपोर्ट वोकेका सवैलाई फिर्ता गरेका हुन् ।

काठमाण्डौको सूर्या ल्याबमा पिसिआर गरेर सवैलाई फिर्ता पठाइदिएको जनाईएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सूर्या ल्याबले नौ हजार रुपैयाँ लिएर स्वाब नै नलिइ २ घण्टा भित्र नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि यो अवस्था आएको हो ।

मङ्गलवार (हिजो) सूर्या ल्याबमा छापा मार्दा नौ हजार रुपैयाँ लिएर स्वाब परीक्षण विना नै कोरोना नेगेटिभ रहेको रिपोर्ट दिने गरेको भेटिएको थियो । सूर्या ल्याबका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने ल्याबमा सिलबन्दी गरिएको छ ।

सूर्या ल्याबको रिपोर्टका आधारमा विदेश जान समस्या रहेको भन्दै सचेत रहन विमानस्थलले आग्रह गरेको छ । 

नक्क्ली पिसिआर रिपोर्ट विदेश जान लागेका १२२ जना फिर्ता

विशेष