News

प्रधानमन्त्री ओलीसँग भेटेपछि नेपालले भने– कुराकानीमा कुनै प्रगति छैन

प्रधानमन्त्री ओलीसँग भेटेपछि नेपालले भने– कुराकानीमा कुनै प्रगति छैन

नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र निलम्वित वरिष्ठ नेता माधवकुमार नेपालविच विहिवार पनि करिव दुई घण्टा भेटवाता भएको छ । 

नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता भएको थियो । दुवैजना आ–आफ्नै अडानमा कायमै रहेको र ओलीले ‘वार्ता कायमै राखौं’ भनेर निस्किएको स्रोतले जनाएको छ।

वैठकवाट वाहिरीदै गर्दा नेता नेपालले भने ओलीसँगको छलफलमा कुनै प्रगति नभएको बताएका छन्। होटलबाट बाहिरिने क्रममा उनले भने– ‘कुराकानीमा कुनै प्रगति छैन।’

प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय मान्न नेपाललाई आग्रह गरेका थिए भने नेपालले त्यसलाई अस्वीकार गर्दै एमाले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राखेको स्रोतले जनाएको छ। त्यसलाई ओलीले अस्वीकार गरे। अनि वार्ता सफल नभएको नेताहरुको भनाइ छ।

दुई घण्टा लामो वार्तामा ओली र नेपालले नवनिर्मित धराहराको अवलोकन भेटघाट कक्षको झ्यालबाट गरेका थिए। वार्ता सकिएसँगै प्रधानमन्त्री ओली होटलबाट पहिला निस्किएका थिए भने नेता नेपाल भने होटलभित्र प्रधानमन्त्रीका दूत उद्योग राज्य मन्त्री मोतिलाल दुगडसँग छलफल गरेर निस्केका थिए ।

प्रधानमन्त्री ओली र नेता नेपालविच वुधवार साँझ पनि करिव दुई घण्टा भेटवार्ता भएको थियो। 

विशेष