कोरोनाका कारण पूर्वस्वास्थ्यमन्त्रीको निधन
कोरोना संक्रमणका कारण भारतको दिल्लीका कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री अशोक कुमार वालिया (एके वालिया) को निधन भएको छ।
दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा वुधबार राति साढे १ वजे उनको निधन भएको हो।
७२ वर्षीय वालियालाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको निधनप्रति दिल्ली कांग्रेसका अध्यक्ष अनिल कुमारले दुःख व्यक्त गरेका छन्।