News राजनीति

जसपा अध्यक्ष ठाकुरले वोलाएको वैठक वावुराम र उपेन्द्रद्वारा वहिस्कार

जसपा अध्यक्ष ठाकुरले वोलाएको वैठक वावुराम र उपेन्द्रद्वारा वहिस्कार

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विहिवार वोलाएको सांसदहरुको छलफल कार्यक्रम वावुराम भट्टराई र उपेन्द्र यादव पक्षले वहिस्कार गरेका छन् ।

ठाकुरले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाएर सरकारसँग भइरहेको वार्ताबारे जानकारी गराएका थिए । उक्त छलफलमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत उनीहरु निकट सांसदहरु उनुपस्थित भएका थिए ।

एक पक्षिय सांसद अनुपस्थित भएपछि विहिवारको छलफलमा ११ जना सांसद मात्रै उपस्थित भएका थिए ।

अध्यक्ष यादवनिकट सांसद मोहम्मद इस्तियाक राईले बैठकबारे जानकारी नभएको बताए । बैठकमा अरु सांसद काठमाडौं बाहिर भएकोले उपस्थित नभएको उनले जानकारी दिए । तर, भट्टराई र यादव लगायत अधिकांश नेता काठमाडौंमै रहेको स्रोतले जनाएको छ ।

छलफलमा अध्यक्ष ठाकुरले सरकारसँग भइरहेको वार्ताबारे जानकारी गराएका थिए । जसपाका नेता÷कार्यकर्ताको मुद्दा फिर्ता र बन्दी रिहाइ, संविधान संशोधन, नागरिकता विधेयकलगायतका विषयमा भएको वार्ताका विषयमा उनले जानकारी गराएको एक नेताले वताए ।
 

विशेष