News अपराध सुरक्षा

विमानस्थलमा उत्रिएका युवकको पेटमा ९० लाखको खैरो हेरोइन, प्रहरी अक्कनवक्क

विमानस्थलमा उत्रिएका युवकको पेटमा ९० लाखको खैरो हेरोइन, प्रहरी अक्कनवक्क

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले पेटभित्र लुकाएर ल्याएको करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबारका कारण ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका धादिङका ३९ वर्षिय दावा लामासहित दुई जनालाई फक्राउ गरिएको व्यूरोले जनाएको छ। उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनगरी प्रहरीले सार्वजनिक पनि गरेको छ।

२६ चैतमा उनीहरु त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन। लामाकै साथवाट हेरोईन वरामद भएको एक प्रहरीले जानकारी दिए ।

लागु औषध अनुसन्धानका क्रममा प्रहरीले लामाको सिटि स्क्यान गराएको थियो । सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो । लामाको शरीरमा ९३ क्याप्सुल वरामद भएको जनाईएको छ ।

प्रहरीका अनुसार पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि उनीहरु पक्राउ परेका हुन् । उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए ।

उनले पाकिस्तान हुँदै नेपाल ल्याएर सम्बन्धित व्यक्तिलाई लागु औषध बुझाएको खण्डमा २ हजार डलर पाउने मौखिक सहमति भएको थियो।

विशेष