News स्वास्थ्य

कोरोनाको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई दोहोरियो कोरोना

कोरोनाको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई दोहोरियो कोरोना

कोभिडको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेका थिए। उनीहरु सवै युवा उमेरका रहेको जनाईएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीका अनुसार कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण देखिएका छ। 

कोरोना संक्रमितको उपचारमा खटिदा उनीहरुलाई संक्रमण भएको जनाईएको छ । विर अस्पतालमा अहिले कोरोना संक्रमितका लागि ६३ बेड छुट्याईएको छ भने ६२ जनाले अस्पतालमा उपचार गराइरहेका छन्। आइसियुमा ८ जना र भेन्टिलेटरमा ३ जना रहेको कार्कीले जानकारी दिए ।

अस्पतालमा १० वटा आइसियु र १० भेन्टिलेटर छन् । 
 

विशेष