News

माधव पक्षले सर्वोच्चमा दर्ता गराएको रिटको पेशी आईतवार

माधव पक्षले सर्वोच्चमा दर्ता गराएको रिटको पेशी आईतवार

नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गर्न सक्ने कारवाही रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिटको पेशी आईतवारका लागि तोकिएको छ ।

माधव कुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालले माधव कुमार नेपालले आफुहरुमाथि प्रधानमन्त्री ओलीले जतिबेला पनि दल त्यागको कारवाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका छन्।

रिट निवेदनमा प्रतिषोधको आदेशद्वारा कारबाही तत्काल रोक्न आदेश माग गरिएको छ । प्रधानमन्त्री ओलीले थप कारवाही गरी कार्यान्वयनका लागि प्रतिनिधि सभा तथा संसद सचिवालयमा पठाउन सक्ने भन्दै त्यस्तो कार्यान्वयन नगराउने आदेश माग गरिएको छ।
 

विशेष