News

अघिल्लो दिनसम्म केपी ओलीको सल्लाहकार, भोलिपल्ट पागल करार !

अघिल्लो दिनसम्म केपी ओलीको सल्लाहकार, भोलिपल्ट पागल करार !

आफुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नि दावी गर्ने बालिका खड्कालाई विहिवार प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेको कार्यालय थापाथलीबाट उनी पक्राउ परेकी हुन्।

पार्टी कार्यालय निरीक्षण गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेतालाई सुनाउँदै तथानाम गालि गर्न थालेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले खड्कालाई ‘मुख छाडेको’ आरोपमा लगाएको छ। तर, वालिकालाई पक्राउ गर्ने क्रममा प्रहरीले समेत अपशब्द प्रयोग गर्दै गालि गलौज गरेको पाईएको छ। वालिकालाई ‘पागल’ र ‘पाखे’ भन्दै प्रहरीले एमालेको थापाथली कार्यालयवाट वाहिर निकालेको छ।

यो घट्ना प्रति राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पनि चासो दिएकी छिन् । उनले आफनो ट्वीटरमा लेखेकी छिन–‘राजनीतिक संस्कारको खुब ठूल्लठूला भाषण सुनिन्छ । बालिका खड्का निरन्तर न्यायको लागि हारगुहार गर्दै पार्टी कार्यालयमा पुग्छिन र उनलाई प्रहरी खोर मा पुर्याईन्छ ?’

वालिकाले मुख्यमन्त्री राईले आफनो इज्जत लुटेको आरोप लगाउँदै आएकी छिन् । आफुसँग सम्वन्ध राखेर धोका दिएको वताउने वालिकाले राई विरुद्ध अदालता मुद्दा समेत दर्ता गराएकी थिईन। आफू शेरधनकी श्रीमती भएको दावी गर्दै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालतसम्म पुगेकी बालिकाले हाल उक्त मुद्धा फिर्ता लिएकी छिन्।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको निजी सचिवालयमा वसेर काम गरिसकेकी वालिकाले शेरधन राईकै कारण आफुले त्यो जिम्मेवारी त्याग्नु परेको समेत वताउँदै आएकी छिन् ।

ओली क्याविनेटमा सुचना तथा सञ्चारमन्त्री रहेका शेरधनले आफुमाथि गरेको गलत ब्यवहारका विषयमा प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराएको वताएकी उनले त्यसको भोलीपल्ट देखि नै कामवाट निकालिएको गुनासो गरेकी छिन् । 

‘मसँग गलत ब्यवहार गरेर उम्किन खोजेपछि मैले उहाँलालाई पटक पटक म्यासेज गरे, तर जवाफ फर्काउनु भएन । एकदिन फोन गरेर को हो ? किन म्यासेज गरेको ? भनेर नचिनेजस्तो गर्नुभयो । मलाई साह्रै नराम्रो लाग्यो । त्यस्तोसम्म गरिसकेको व्यक्तिले यस्तोसम्म गर्न सक्दारहेछन् भन्ने मनमा खेलिरह्यो’ उनले भनेकी छिन्–‘उपयुक्त जवाफ नदिए आफु पनि चुप नलाग्ने भन्दै मैले म्यासेज गरें ।’

प्रधानमन्त्रीसँग भेट गरेर शेरधनको कुरा गरेको विषयमा थप स्पष्ट पार्दै उनले भनेकी छिन्–‘त्यसपछि म प्रधानमन्त्री ओलीको निजी निवास बालकोट गएँ। प्रधानमन्त्रीलाई भेट्ने भीड लागेको थियो । प्रधानमन्त्रीकै सचिवालयमा रहेपनि हाम्रो भुमिका जागिर र चिया खानेमात्रै थियो । भेटघाटमै व्यस्त रहने प्रधानमन्त्रीसँग सचिवालयका जागिरे हाम्रो सम्पर्क उतिसारो हुंदैनथ्यो । बालकोटमा मलाई उहाँले बोलाउनुभयो । शेरधनलाई के म्यासेज लेखेको ? भनेर सोध्नुभयो । मैले उहाँ सँग जवाफ मागेको र तपाईकै उपस्थितिमा उहाँसँग छलफल गर्न चाहन्छु भन्ने जवाफ फर्काएँ । उहाँले मलाई सचिवालयबाट राजिनामा दिन सुझाव दिनुभयो ।’

त्यसपछि आफु प्रधानमन्त्रीको सचिवालयवाट वाहिरिएको उनले वताएकी छिन्। ‘त्यसपछि शेरधनजीले मेरो बदनाम गर्ने प्रयास गर्नुभयो । मैले लेख्दै नलेखेको कुरा समेत लेखेको भनेर प्रधानमन्त्रीलाई कान भर्नु भएको रहेछ । आफ्नो निकट रहेकालाई हल्ला फिजाउन लगाउनुभएको रहेछ’ उनले थप स्पष्ट पार्दै भनेकी छिन्–‘उहाँ निकट रहेका केटाहरु मलाई अश्लिल व्यवहार गर्न हौसिन्थे । उहाँका आसपासे मलाई हरतरहले बदनाम गर्न लागिपरे । समूहमा आउँने र छामछुम गर्न खोज्थे । मलाई मानसिकरुपमा विक्षिप्त बनाउन तथा हतास बनाउन उनीहरु खटिएका थिए।’

शेरधनलाई राम्रो देखाउन आफुलाई त्यसै दिनदेखि पागल र चरित्रहिनको रुपमा प्रचार गरिएको पनि उनले गुनासो गरेकी छिन् ।

यो पनि

महिला कार्यकर्तालाई च्याप्प पारेपछि शेरधन राई विवादमा, युवतीले लेखिन् यस्तो पत्र

मुख्यमन्त्री शेरधन राई पक्राउ पत्नि दावी गर्ने बालिका खड्का एमालेको कार्यालय थापाथली

विशेष