देशभरिका अधिकांस ठाउमा विहानै देखि वर्षा हुदै

काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा रहेको छ । महाशाखाले आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना नरहेको पनि जनाएको छ । प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको महाशाखाले जनाएको छ ।