विदेश

भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउनको घोषणा,यचुरीका छोरोको निधन 

भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउनको घोषणा,यचुरीका छोरोको निधन 


मुम्बई
भारतको महाराष्ट्रमा लकडाउनको घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजराति ८ बजेदेखि लागू हुने गरी मे १ तारिखसम्मका लागि लकडाउनको घोषणा गर्नुभएको हो । उहाँले लकडाउनको बेला सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित भएर सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभएको छ । यस्तै लकडाउनको समयमा वैवाहिक समारोह २ घन्टामा सम्पन्न गर्न, समारोहमा २५ जना मात्रै सहभागि हुन, सरकारी सवारीसाधनमा ५० प्रतिशत यात्रु मात्रै राख्ने पाइने भएको छ । राज्य सरकारले लगाएको लकडाउनमा नियम उल्लघंन गर्दा जरिवाना र सजाय पनि हुन सक्ने बताइएको छ । महाराष्ट्रमा कोरोनाको दर बढ्दै गर्दा अस्पताल भर्ना हुने गम्भीर प्रकृतिका बिरामीपनि बढ्दै गएका छन् । बिरामीहरुले समयमै उपचार पाउन नसक्दा मृत्यु हुने क्रमपनि विस्तारै बढ्न थालेको छ भने अक्सिजनको अभाव पनि हुन थालेको छ । भारतको महाराष्ट्रमा कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित राज्य हो ।

जहाँ हालसम्म ३० लाख ९६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यता भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) अर्थात् सीपीआईएम महासचिव सीताराम येचुरीको छोरोको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनलेले ट्वीट गरेका छन् कि उनका जेठो छोरा आशीष येचुरी बिहीबार बिहान निधन भएको छ । सीतारामले आशीष कोरोना संक्रमित भएको बताएका छन । आफ्नो ट्वीटमा, येचुरीले डाक्टर, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई धन्यवाद दिएका छन्, जसले छोराको स्वास्थ्यलाई निको पार्न मद्दत गरे।
 

महाराष्ट्र लकडाउन कोरोना भाइरस

विशेष