विरगन्जमा दुई न्यायाधिसलाई कोरोना संक्रमण,दांग संचारकर्मीको निधन

विरगन्जमा दुई न्यायाधिसलाई कोरोना संक्रमण,दांग संचारकर्मीको निधन


पर्सा
प्रदेश नम्बर २ को कोरोना संक्रमणको हटस्पट रहेको विरगन्जमा दुई जना न्यायाधिस सहित ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् । १ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । हिजो सर्लाहीमा ३ जना,रौतटहमा १ जना,सप्तरीमा १ जना,बारामा ९ जना,पर्सामा ७५ जना कोरोना संक्रमति थपिएका थिए । दाङका  पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा  निर्वाचनमा मतदान गर्नुभएको थियो । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा  व्यवसायमा पनि संलग्न हुनुहुन्थ्यो । परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।
 

प्रदेश नम्बर २ कोरोना संक्रमण संचारकर्मी

संम्बधित खबर

विशेष