News राजनीति

एमालेमा यस्तो भयो नेताहरुको जिम्मेवारी, माधव पक्ष र वामदेव जिम्मेवारी विहिन (सुचिसहित)

एमालेमा यस्तो भयो नेताहरुको जिम्मेवारी, माधव पक्ष र वामदेव जिम्मेवारी विहिन (सुचिसहित)

नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको कार्यविभाजन गर्दै जिम्मेवारी तोकेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिवलाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्ज बनाइएको छ ।

विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख बनेका छन् ।

यस्तै, अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन विभाग प्रमुख र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।

केशवप्रसाद बडाललाई सल्लाहकार परिषद् अध्यक्ष, महेश बस्नेतलाई युवा संघको इञ्चार्ज, खिमलाल भट्टराईलाई अनेरास्ववियुको इञ्चार्ज, सूर्य थापालाई प्रेस चौतारीको इञ्चार्ज विनोद श्रेष्ठलाई मजदुर इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको छ।

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि विशेष जिम्मेवारी दिइएको छैन । स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो ।

विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

यस्तो छ कार्यविभाजन र नेताहरुको जिम्मेवारीः
 

विशेष